भारतमा अहिले सम्मकै सबैभन्दा ठूलो आईपीओको विक्री खुल्ला

काठमाण्डौ -नेपालमा प्रथामिक शेयरको चर्चा चलिरहेकै बेला भारतमा अहिले सम्मकै ठूलो आईपीओ विक्री खुल्ला भएको छ । 

सोमबारबाट भारतको डिजिटल वालेट पेटीएमले अहिलेसम्मकै सबैभन्दा ठूलो आईपीओ बिक्री खुलाएको हो । कम्पनीले आईपीओ बिक्री गरेरै एक खर्ब ८३ अर्ब भारतीय रुपैयाँ (१८ हजार ३०० करोड भारू) जुटाउने योजना बनाएको छ ।


यसअघि, कोल इन्डियाले एक खर्ब ५० अर्ब भारतीय रुपैयाँ (१५ हजार करोड भारू) र रिलायन्स पावरले एक खर्ब २० अर्ब भारू )१२ हजार करोड भारू)को आईपीओ बिक्री गरेको थियो । पेटीएम भारतको डिजिटल वालेट कम्पनी हो । भारतीयले लगानीकर्ता संस्थापक रहेको यस कम्पनीमा चिनको अलिबाबा समूह र नेदरल्याण्ड्सका लगानीकर्ताको समेत लगानी छ ।

नेपालमा पछिल्लो समय ४५ लाख भन्दा धेरै डिम्याट खोलिएपछि शेयर बजारको चर्चा गाँउ गाँउ सम्म पुगेको छ । 

प्रतिक्रिया