काठमाण्डौ – साताको अन्तिम दिने नेप्से दोहोरो अंक १७ ले घट्दै बजार बन्द भएको छ । योसँगै नेप्से ४२ सय २५ विन्दुमा पुगेको छ ।
आज धेरै कम्पनीको शेयर मूल्यमा आएको गिरावटका कारण खरिदकर्ता बढि सक्रिय देखिए त्यहि कारणले पनि आज कारोबार रकम बढेको छ । बिहिबार कारोबार रकम दश अर्व नजिक पुगेको छ ।
बजारमा कारोबार भएका २ सय ९ कम्पनीहरुमा ७१ कम्पनीको शेयर मूल्य बढेको छ भने ९९ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै ५ कम्पनीको शेयर मूल्य यथावत रहेको छ ।
उत्पादन र माइक्रो फाइनान्स बाहेक अरु उपसूचकहरु घटेका छन । आज ६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको शेयर सबै भन्दा धेरै कारोबार भएको छ ।