• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

सानिमा लार्ज क्याप फण्डमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । सानिमा क्यापिटल लिमिटेडले माघ ९ गते, शुक्रबारदेखि निष्कासन तथा बिक्री खुल्ला गरेको ूसानिमा लार्ज क्याप फन्डू नामक सामुहिक लगानी कोषमा आवेदन दिने आज बिहिबार अन्तिम दिन हो ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्कासन खुल्ला गरेको हो । फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक सानिमा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री गरेको हो । यो सात वर्षे बन्दमुखी प्रकृतिको योजना हो ।

बुधबार बेलुका ५ बजेसम्ममा ६९ हजार ७ सय ४५ जना आवेदकले ९७ करोड ५० लाख ४२ हजार २ सय रूपैयाँ बराबरको ९ करोड ७५ लाख ४ हजार २ सय २० इकाईका लागि आवेदन दिएका निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।

उक्त फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम एक करोड इकाईसम्म आवेदन दिन सकिनेछ । उक्त फण्डको इकाईमा लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया