काठमाडौं–पुँजी बजारमा लगानीकर्ताका लागि एकपछि अर्को अवसर प्राप्त भएको छ । विभिन्न बैंक तथा वित्तीय संस्था प्राथमिक शेयर (आईपीओ) निष्कासन गरिरहेका छन् ।
यसैबीचमा प्रभु क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्ड निष्काशन गर्ने तयारी गरेको छ । ‘प्रभु सेलेक्ट फण्ड’ नाम दिइएको उक्त बन्दमूखी स्किमको प्रति इकाई १० रुपैयाँका दरले कम्तिमा १०० कित्ता अर्थात् १००० रुपैयाँ किन्नुपर्ने हुन्छ । क्यापिटलले फण्ड म्यानेजर र डीपीको लाइसेन्स पाइसकेको छ ।
क्यापिटलले गत पुस १५ गते १ अर्ब रुपैयाँ बराबरको सामूहिक लगानी कोष निष्काशनका लागि आवेदन दिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । रकम संकलन गरेर राम्रा कम्पनीको सेयरमा लगानी गर्ने प्रभु क्यापिटलको योजना छ । ३० वटाभन्दा बढी कम्पनीमा लगानी गर्ने योजना बनाएको प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले बताए । म्युचुअल फण्ड निष्काशन गर्नका लागि क्यापिटलले रेटिङ गराएको छ ।
रेटिङ ऐजेन्सी केयर नेपालले एमसी ३ रेटिङ दिएको छ । प्रभु क्यापिटलमा ५१ प्रतिशत सेयर स्वामित्व प्रभु बैंकको रहेको छ । गत असार मसान्तसम्ममा प्रभुले ७४ करोड ४० लाख रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको छ । यो वर्षको पहिलो त्रैमासमा १ अर्ब १८ करोड करोड लगानी गरेको छ । क्यापिटलको नाफा गत वर्ष ३ करोड ५६ लाख रुपैयाँ थियो । यो वर्षको पहिलो त्रैमासमा ६ करोड ७३ लाख रुपैयाँ नाफा गरेको छ ।
Aa
8:20 AM