राँगोले हानेर वृद्धको मृत्यु

कञ्चनपुर- कञ्चनपुरको पुनर्वास नगरपालिका(२ मोतीबस्तीमा आफ्नै घरमा पालेको राँगाले हान्दा स्थानीयवासी ७२ वर्षीय वासुलाल चौधरीको मृत्यु भएको छ । गए राति पराल हाल्ने क्रममा राँगाले चौधरीलाई हान्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

’राँगाले हान्दा चौधरी गम्भीर घाइते भएको र तत्कालै घटनास्थलमै मृत्यु भएको खबर छ,’ प्रवक्ता थापाले भने, ’आज कानूनी प्रक्रिया पूरा गरेर शव आफन्तलाई दाहसंस्कारका लागि दिन्छौँ ।’ प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । रासस

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय