कृषिमा विदेशी लगानी ल्याउने निर्णयको विरुद्ध कृषि उद्यमी सडकमा

काठमाडौं–कृषिमा विदेशी लगानी ल्याउने सरकारी निर्णयका विरुद्ध कृषि उद्यमीहरुको राष्ट्रिय संघर्ष समितिले बुधबार काठमाडौंमा प्रदर्शन गरेको छ । प्रदर्शनमा एक दर्जन बढी कृषि उद्यमी तथा संघसंस्थासहभागी थिए ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन,२०७५को दफा ५० संशोधन गर्दै कृषि तथा पशुपालनमा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई)भित्राउने बाटो खोले पछि कृषि उद्यमी आन्दोलिन छन् ।

कृषिमा विदेशी लगानी ल्याउने निर्णय फिर्ता गर्न माग गर्दै आएका छन् । प्रर्दशनकारीले कृषि उपजहरु प्रदर्शन गरेका थिए । कृषि उद्यमी तथा किसानहरुले विदेशी लगानी चाहिँदैन स्वदेशी किसान मार्न पाइँदैन, स्वदेशी लगानीको संरक्षण गरी आत्मनिर्भर बनौं, कृषिमा विदेशी लगानी, स्वदेशी किसान कता जानी ?, सरकार के गर्दैछ स्वदेशी किसान मार्दैछ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेर ‘विदेशी लगानी सम्बन्धी ऐन,२०७५को दफा ५० संशोधन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पशुपन्छी पालन, मौरीपालन, फलफूल, तरकारी, तेलहन, दलहन, दुग्ध व्यवसायमा ७५ प्रतिशत निर्यात गर्ने सर्तमा लगानी खुल्ला गरेको जनाएको थियो ।

कृषि क्षेत्रमा प्रत्यक्ष विदेशी लगानी ल्याउने निर्णयले कृषिमा आश्रित ठूलो जनसंख्याको आयस्रोत गुम्ने भन्दै डेरी लगायत कृषिमा प्रत्यक्ष वैदेशिक लगानी ल्याउने निर्णय फिर्ता लिन सरकार समक्ष माग गरेका छन् ।

स्वदेशी लगानीलाई प्रभाव पार्ने गरी मन्त्रिपरिषदको निर्णयबाट कृषि क्षेत्रमा सर्तसहित डेरी उद्योग, पशुपन्छीपालन, माहुरीपालन, माछापालन, फलफूल तरकारी आदि र कृषिका प्राथमिक उत्पादनसँग सम्बन्धित व्यवसायमा प्रत्यक्ष वैदेशिक लगानी खुल्ला गर्ने निर्णय गरेपछि बिरोध जनाएका हुन् ।
डेरी उद्योग संघ नेपाल, केन्द्रीय दुग्ध सहकारी संघ, पशुपालन सहकारी संघ, नेपाल डेरी एशोसिएसन लगायतका संस्थाले विरोध जनाउँदै आएका छन् ।ती संस्थाका अनुसार डेरी उद्योगमा ३० अर्ब, मौरी पालनमा ४ अर्ब, मत्स्य पालनमा ११ अर्ब, कुखुरापालनमा ४० अर्ब गरी कुल ८५ अर्बको लगानी रहेको छ । यी क्षेत्रमा विदेशी लगानी आए प्रतिस्पर्धा गर्न नसक्ने उनीहरुको जिकिर छ । यो क्षेत्रले करिब १५ लाख रोजगारी सृजना गरेको दाबी छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय