चितवनमा बालक अपहरण गर्ने एक जना पक्राउ

 चितवन ५ अशोज । चितवनमा बालक अपहरण गर्ने एक जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा भारतको देश रहसी गाउँ बस्ने ३८ वर्षीया अनिता पाल रहेका छन । पालले हिजो मंगलबार १२:३० को समयमा चितवन भरतपुर महानगरपालिका वडा नं१७ गञ्जनगरका ४ वर्षीया बालकलाई ललाई फकाई लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

पालमाथि अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा चितवन जिल्ला अदालतबाट ४ दिन म्याद थप लिई अनुसन्धान भईरहेको चितवन प्रहरीले जनाएको छ।

प्रतिक्रिया