• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

कामना सेवा विकास बैंकले माघ २२ बाट ऋणपत्र जारि गर्दै,कति छ त ब्याज दर ?

काठमाण्डौ । माघ २२ गतेदेखि कामना सेवा विकास बैंकले १ अर्व रुपैयाँ बराबरको ऋणपत्र जारि गर्ने भएको छ ।

सो मूल्यका १० लाख इकाई ऋणपत्र जारि गर्न लागेको बैकले सर्बसाधारणको लागि ४ लाख इकाई छुट्टाएको छ । बाँकी ६ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थाहरुलाई बिक्री गर्नेछ । लगानीकर्ताले बार्षिक रुपमा ९।५५ ब्याज प्रतिशत ब्याज पाउने छन ।

बैंकले १० वर्ष अवधिको ‘कामना सेवा विकास बैंक डिबेन्चर २०८७ ’ नाममा ऋणपत्र बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यपिटलले गर्नेछ । लगानीकर्ताले माघ २६ गतेसम्म यसमा आवेदन दिन पाउनेछन् ।

उक्त अवधिमा सबै ऋणपत्र बिक्री नभएमा फागुन ११ गतेसम्म आवेदन दिन पाइनेछ । ऋणपत्रमा प्रतिइकाई १ हजार रुपैयाँको दरले आवेदन दिनुपर्नेछ । न्यूनतम २५ कित्तादेखि अधिकतम २० हजार कित्तासम्म भर्न पाइनेछ । यस ऋणपत्रमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया