काठमाण्डौ । कारोबारको चौथो दिन नेप्से दोहोर अंक करिव १९ ले बढ्दै बजार बन्द भएको छ । नेप्से २४ सय ४१ विन्दुमा पुगेकाे छ ।
आज पनि नेप्सेले दिनैभरि नागबेली चाल देखायो । क्षणभरमै घट्ने नेप्से क्षणभरमै बढ्नेक्रम जारिहयो । आज नेप्सेको बृद्धिसँगै ८ अर्व नजिक कारोबार भएको छ ।
बजारमा कारोबार भएका २ सय ८ कम्पनीहरु मध्य ९६ कम्पनीको शेयर मूल्य बढेको छ भने ६४ कम्पनीको शेयर मूल्य घटेको छ । आज नेप्से बढे पनि सेन्सेटिभ सूचक भने घटेको छ । त्यस्तै उपसूचकहरु अधिकांसमा रातो पोतिदा लाईफ इन्स्योरेन्स र माइक्रो फाइन्सान्सको समूह भने बढेका छन ।
बुधबार नेपाल लाईफ इन्स्योरेन्सको सबै भन्दा धेरै शेयर खरिद विक्री भएको छ भने आधा दर्जन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । प्रभू इन्स्योरेन्सको आज कारोबार बढेको छ । सकारात्मक सर्किट लागको सो कम्पनीको आज दश हजार भन्दा धेरै कित्ता शेयरको कारोबार भएको छ । आज पोखरा फाइनान्सका शेयर धनिहरुले सबै भन्दा धेरै गुमाएका छन ।