रोइलाका राजा शिरिष देवकोटा र सम्झना भण्डारीको आवाजमा नयाँ गीत बोलिदेउ आधार

काठमाण्डौ – रोईला गीत मार्फत आफ्नो परिचय फाराकिलो बनाएका लोकप्रिय सर्जक तथा गायक शिरिष देवकोटा र सम्झना भण्डारीको आवाज रहेको नयाँ गीत बोदिदेउ आधार भर्खर मात्र सार्वजनिक भएको छ ।

गीतले माया प्रेमलाई अत्यन्तै कलात्मक रुपमा अडियो र भिडियोमा उठाउन खोजिएको छ । गीतलाई शिरिष आफैले लय तथा शब्द सिर्जना गरेका छन भने म्युजिक भिडियो समेत उत्कृष्ट बनाइएको छ ।

मौषम हिमालीको निर्देशन रहेको सो गीतमा प्रकास सपुत र गित ढुङ्गानका अभिनय रहेको छ । गीतलाई सम्झना भण्डारीको आफ्नै युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया