नारायणी बैंकको साढे ६ लाख कित्ता शेयर निष्कासन

काठमाडौं– नारायणी डेभलपमेन्ट बैंकले साढे ६ लाख कित्ता शेयर निष्कासन गरेको छ । बैंकले आफ्ना शेयरधनीका लागि मंगलबारबाट हकप्रद शेयर निष्काशन तथा विक्री खुला गरेको हो ।

१०० अंकित ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद शेयर निष्काशन गरेको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ । बैंकले १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो । शेयरधनीले फागुन ३ गते बैंकिङ्ग समयसम्म शेयरमा आवेदन दिन सक्न्ेछन् । नेप्सेमा पुस २८ गतेसम्म कारोबार भई कायम साविक शेयरधनीहरुले यो हक प्रद शेयरमा आवेदन दिन सक्ने व्यवस्था गरेको छ ।

आफ्नो कायम हकभन्दा बढी हकप्रद शेयरको लागि दरखास्त दिन पाईने छैन् । बैंककको चुक्तापूँजी ६ करोड ५६ लाख १६ हजार ९ सय रहेको छ । हकप्रदन शेयर निष्कासन पछि बैंकको चुक्तापूँजी १३ करोड १२ लाख ३३ हजार ८ सय पुग्नेछ ।

प्रतिक्रिया