केही समय पहिला भाइरल भएका अर्जुन विक बलत्कार आरोपमा पक्राउ

काठमाडौ – केही समय पहिला सानो बाबुलाई बोकेर ठेला चलाउदाको तस्बिर मिडियामा आए पछि एकाएक भाइरल भएका अर्जुन विक बलत्कार आरोपमा पक्राऊ परेका छन् ।

कैलालीको घोडाघोडी नगरपालिका–२ साँडेपानीका २४ वर्षीय छित्ता भन्ने अर्जुन विक (कामी) अपहरण शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा पक्राउ परेका हुन् ।

उनलाई ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले गत माघ ८ गते काठमाडौंको तीनकुनेबाट पक्राउ गरेको हो ।

अहिले उनलाई हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनलाई १४ वर्षे युवतिलाई बन्धन तथा बलात्कारको आरोप लागेको छ ।

प्रतिक्रिया