काठमाण्डौ । लोकप्रिय गायक तथा सर्जक अमित बाबु रोकाय,आयुषा गौतम तथा सुनिता बुढाको आवाज रहेको नयाँ गीत त्यस्तै त्यस्तै भो भर्खर मात्र सार्वजनिक भएको छ ।
घर परिवार छोडेर विदेशीनु पर्ने नेपालीको पिडालाई गीतले कलात्मक रुपमा उठाएको छ । गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट र दमदार रहेको छ ।
गीतलाई प्रेम थापाले मन छुने शब्द सिर्जना गरेका हुन भने लय भने गायक अमितलेनै बनाएका छन । गीतको म्युजिक भिडियो समेत उत्कृष्ट बनाईएको छ । गीतलाई विनोद भण्डारीले निर्देशन गरेका छन भने जुना गुरुङ,आयुषा गाौतम र सन्तोष पाण्डेको अभिनय रहेको छ ।
गीतलाई सार्वजनिक भएको छोटो समयमै धेरैले गीत उत्कृष्ट भएको प्रतिक्रिया दिएका छन ।