• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

दोहोरो अंकल नेप्से घट्दा कारोबार रकम भने बढ्यो,अधिकांस सूचकहरु घटे

काठमाण्डौ । कारोबारको तेस्रो दिन मंगलबार नेप्से १८ अंकले घटेर २४२३ विन्दुमा बजार बन्द भएको छ ।

केहि दिनदेखि अस्थिर रहेको नेप्सेले आज पनि त्यहि चाला देखायो । केहि क्षणमै बढ्ने र केहि क्षणमै घट्ने क्रमले सस्तोमा शेयर किन्न खोज्नेहरुका कारण कारोबार रकम भने बढेको छ । आज ८ अर्व भन्दा धेरैकाे काराेबार भएकाे छ ।

आज नेप्सेका अधिकांस सूचहरुमा रातो पोतियो भने वित्त र म्युचुअल फण्डको सूचक भने बढेका छन । नेपाल लाईफ इन्स्योरेन्सको सबै भन्दा धेरै कारोबारहुँदा तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

आज बजारमा २ सय ७ कम्पनीहरुको कारोबार भएको छ भने ती मध्य १ सय २९ कम्पनीको शेयर मूल्य घटेको छ साथै ४० कम्पनीको मात्र शेयर मूल्य बढेको छ । साथै ६ कम्पनीको शेयर मूल्य यथावत रहेको छ ।

कारोबार खुलेको २ हप्तापछि आज प्रभु इन्स्योरेन्सको कारोबार केहि बढेको छ भने शेयर मूल्यमा समेत सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया