प्रि ओपनिङ सेसनमा २० अंकले बढ्यो नेप्से

काठमाण्डौ । मंगलबार नेप्से प्रि ओपनिङ सेसनमा २० अंकले बढेको छ ।

सोमबार नेप्से बढे पनि अधिकांस सूचकहरु घटेको बजारले लगानीकर्तालाई दुखि बनाएको थियो । आज भने नेप्सेले सकारात्मकसँगै बजार सुरु भएको छ ।

यो सेसनमा ४१ कम्पनीको ८७ लाख भन्दा धेरैको कारोबार भएको छ । कारोबार भएका मध्य २८ कम्पनीको शेयर मूल्य बढ्दा ६ कम्पनीको घटेको छ भने ६ कम्पनीको यथावत रहेको छ ।

मंगलबार बजार २४ सय ६१ विन्दुबाट सुरुभई कारोबार हुने छ ।

प्रतिक्रिया