नेप्सेको स्पष्टिकरण पछि एनसीसी बैंकको मूल्य घट्यो

काठमाडौं– नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी) लिमिटेडले मूल्य वृद्धिमा गिरावट आएको छ । पुँजी बजारमा चलखेल गरेर एनसीसीको मूल्य अस्वाभाविक वृद्धि भएपछि नेपाल स्टक एक्सचेञ्जले स्पष्टिकरण सोधेको थियो ।

नेप्सेको स्पष्टिकरण पछि सोमबार भने यस बैंकको सेयर मूल्य घटेको छ । सोमबार यस बैंकको सेयर ८ रुपैयाँले घटेर ३५६ रुपैयाँमा झरेको छ ।
आइतबार एनसीसी बैंकको ९.९७ प्रतिशतले सेयर मूल्य बढेर ३ सय ६४ रुपैयाँ पुगेको थियो । यसलाई नेप्सेले अस्वभाविक भन्दै बैंकलाई स्पष्टीकरण सोधेको थियो । यस अघिको कारोकारसम्म सामान्य रुपले नै अघि बढेको भए पनि आइतबार अस्वभाविक देखिएको थियो । गत ९ गते बसेको बैंकको साधारणसभाले १०.२६९५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४०५ नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो ।

नेप्सलेलाई सोमबार जवाफ पठाउँदै एनसीसी बैंकले मर्जर स्म्बन्धी कुनै छलफल तथा निर्णय नभएको बताएको छ । साधारणसभाले उपर्युक्त बैंक भेटे मर्जरका लागि छलफल गर्न सञ्चालक समितिलाई अख्तियार दिएको जानकारी दिदै सेयर मूल्यमा असर पर्ने तत्कालै कुनै केहि निर्णय नभएको बैंकले जनाएको छ ।

प्रतिक्रिया