काठमाडौं - राष्ट्र बैंकले मौद्रिक नीति मार्फत ल्याएको शेयर धितो कर्जाको सीमा १२ करोड बनाएपछि यो विषयले शेयर बजार निकै तात्यो । धेरैले यो व्यवस्थाले शेयर बजार घट्नुमा अग्रणी भूमिका खेलेको बताए ।
३२ सय हाराहारीमा रहेको शेयर बजार त्यस यता घटेर २४ सय विन्दु सम्म आइपुग्यो । अहिले बजार बिस्तारै सम्हालिदै छ । २८ सय आसपास रहेको अहिलेको बजार माथि जान रोक्ने काम यही शेयर धितो कर्जाको गरेको धेरैको बुझाइ छ ।
केन्द्रिय बैंकले आफ्नो मौद्रिक नीतिलाई हरेक ३ महिनामा समीक्षा गर्ने गर्दछ । यही मंसिरको पहिलो साता मौद्रिक नीति समीक्षा हुँदै छ । यही समयको मौका छोप्दै धेरै मिडियाले यस विषयमा लगानीकर्तालाई भ्रम पार्ने गरी समाचार प्रकाशन गरेका छन् ।
केही मिडियाले शेयर धितो कर्जाको सीमा परिमार्जन हुने भयो भनेर खबर छापेका छन् भने कुनै मिडियाले यो यथावत रहने भनी समाचार प्रकाशन गरेका छन् । मिडियामा आएका यस्ता समाचारहरुले लगानीकर्तालाई अन्योल सिर्जना भएको धेरैको भनाइ छ ।
शेयर धितो कर्जा बारे असली कुरा के हो त ?
मौद्रिक नीति बारे समाचार लेखेका सबै मिडियाको गोप्पे भनिएको स्रोत नै झुट छ । यसको मुख्य सूचना कर्ता भनेको नेपाल राष्ट्र बैंक हो । तर यसको निर्णय प्रक्रियामा रहेका कोही पनि अधिकारीहरू मिडियामा बोल्दैनन् । किन नी त्यो अत्यन्तै संवेदनशील विषय भएको हुँदा बोल्न नपाइने भन्ने हुन्छ ।
बैंकको आधिकारिक समितिले छलफल र परिमार्जनको काम गर्न सक्छ तर त्यो सूचना मीडिया सम्म आउँदैन । अहिले मिडियाले लेखेको खबर धेरै आफ्नो विचार राखेर लेखेका समाचारहरु हुन भन्ने कुरा समाचार हेरपछि प्रस्ट हुन्छ ।
मौद्रिक नीति र त्यसमा हुने परिवर्तन राष्ट्र बैंकले पत्रकार सम्मेलन गरेर जानकारी दिन्छ । त्यो भन्दा एक मिनेट अघि सम्म पनि यो विषम निकै गाेप्पे नै राखिन्छ । त्यसैले यस्ता समाचारको भ्रममा नपर्न अनुरोध छ