चार बैंकमाथि राष्ट्र बैंकको एक्सन, दुई बैंकका सिइओलाई सचेत गरायो

 

काठमाडौं–नियमनकारी निकायको निर्देशनलाई अटेर गर्ने चार वाणिज्य बैंकलाई नेपाल राष्ट्र बैंकले एक्सन लिएको छ । निर्देशन कार्यान्वयन गर्न अटेर गर्ने दुई बैंकलाई दण्डित गरेको छ भने दुई बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ)लाई केन्द्रीय बैंकले सचेत गराएको छ ।

नियमको पालना नगरेपछि स्ट्याण्डर्ड चार्टर्ड र लक्ष्मी बैंकलाई कारवाही गरेको हो । स्ट्याण्डर्ड चार्टर्डलाई ५७ लाख ८४ हजार रुपैयाँ नगद जरिवाना गरेको हो । स्ट्याण्डर्ड चार्टडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गनुर््पर्ने कर्जा प्रवाह नगरेको भन्दै कारबाही गरेको हो । लक्ष्मी बैंकले सम्पत्ती शुद्धीकरण सम्बन्धी ऐन तथा निर्देशिका पालना नगरेको भन्दै केन्द्रीय बैंकले २० लाख रुपैयाँ जरिवाना गरेको हो ।

त्यसैगरी, दुई बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ । ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठलाई सचेत गराएको छ ।

केन्द्रीय बैंकको सुपरिवेक्षण विभागले ऐन नियम तथा निर्देशनको पालना नगर्ने बैंक वित्तीय संस्था तथा त्यसका सञ्चालक तथा कर्मचारीलाई कारबाही गर्दै आएको छ ।

प्रतिक्रिया