ठूलो दुर्घटनाबाट बचे पर्यटनमन्त्री प्रेम आले

काठमाडौं - पछिल्लो समय बतास समूहले लिएको ठेक्काको विषयमा चर्चामा आएका पर्यटनमन्त्री प्रेम आले मंगलबार राती दुर्घटनामा परेका छन् । 

जिल्ला प्रहरी कार्यालय कैलालीका  अनुसार मंगलबार साँझ साढे आठ बजे विमानस्थलबाट बाहिरिने क्रममा मूल सडकमा पुग्ने बित्तिकै मन्त्री आले सवार सुप ०१ ००१ झ ३३३ नम्बरको गाडीलाई कारले ठक्कर दिएको हो । 

बा २६ प १३७७ नम्बरको कारले गाईलाई ठक्कर दिएर अनियन्त्रित भई मन्त्री सवार कारलाई ठक्कर दिएको जोशीको भनाइ छ । दुर्घटनामा कुनै मानवीय क्षति नभएको र कार चालक कञ्चनपुर कृष्णपुर ९ निवासी पवन कडायतलाई प्रहरीले नियन्त्रणमा लिएको उनको भनाइ छ । मन्त्री आले कञ्चनपुर जाने कार्यक्रम रहेको थियो ।

 

प्रतिक्रिया