तीन दिनपछि खुलेको शेयर बजार आक्रामक बढ्यो,नविल बैंकको शेयर कारोबार सबै भन्दा धेरै

काठमाण्डौ । गत बुधबार ५ अंक भन्दा धेरैले बढेर बन्द भएको नेप्से आज आईतबार खुलेसँगै प्रिओपन सेसनमा करिव १४ अंकले बढेर बजार बन्द भएको छ । 

नेप्सेसँगै कारोबार रकम पनि बढेर करिव ६० लाख हाराहारीमा पुगेको छ । यो सेसनमा  आज २८ कम्पनीहरुको शेयर खरिद विक्री भएको थियो । जस मध्य २२ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने २ कम्पनीको मात्र शेयर मूल्य घटेको छ त्यस्तै ३ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ । आज नविल बैंकको शेयर सबै भन्दा धेरै खरिद विक्रि भएको छ । यो सेसनमा एक दर्जन भन्दा धेरै कम्पनीहरुको शेयर मूल्य करिव २ प्रतिशत मूल्य बढेको छ । 

पछिल्लो समय शेयर बजारमा निकै उतारचढाव आइरहेको छ । ३२ हाराहारी नजिक पुगेको बजार २३ सय विन्दुमा आएको थियो । अहिले भने बजार सम्हालिने अबस्थामा रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय