काठमाण्डौ । भारत सरकारले अनुदानमा नेपाललाई दिएको कोरोना विरुद्धको दश लाख डोज खोप बिहिबार मध्यान्न नेपाल आइपुगेको छ ।
भारतीय विमान मार्फत खोल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको छ । एक कार्यक्रम विच खोप हस्तान्तरण गर्ने कार्यक्रम समेत रहेको छ । साथै खोपलाई टेकुस्थित खोप भण्डारमा भण्डारण गरिने छ ।
यस्तै प्रदेशबाट जिल्ला–जिल्ला तहमा खोप पु¥याइने छ । यो खोप प्रत्येक व्यक्तिलाई दुई मात्रा कम्तिमा ४ साताको फरकमा दिनुपर्ने नियम समेत रहेको छ ।
भारतले १० लाख डोज दिएको कोरोनाविरुद्धको सिरम इन्सिच्यूट अफ इन्डिया अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधी निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर कोभिसिल्ड नामक खोप विकास गरेको हो । नेपाल आएको खोप आगामी साताबाट लगाउन सुरु गरिने स्रोतको दावी छ ।