• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

बुधबार नेप्से १४ अंकले बढ्यो, कारोबार रकम ६ अर्व

काठमाण्डौ । कारोबारको चौथो दिन नेप्से करिव १६ अंकले बृद्धिहुँदै २३ सय ४३ विन्दुमा पुगेर बजार बन्द भएको छ ।

दिनभरि जस्तो रातो देखिएको नेप्से अन्तिम घण्टामा आएर भने बढेको थियो । आज नेप्सेका उपसूचकमा बैैक तथा वित्त क्षेत्रको सूचक घटे पनि अन्य सूचकमा रौनकनै आएको छ ।

बुधबार कारोबार रकम पनि ६ अर्व माथि पुगेको छ भने बजारमा २ सय ११ कम्पनीको शेयर कारोबार भएको छ । शेयरमा बजारमा ५२ हजार भन्दा धेरै पटक शेयर खरिद विक्री भएको छ ।

आज १५ कम्पनीको शेयर शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल लाईफ इन्स्योरेन्सको सबै भन्दा धेरै ६१ करोड भन्दा धेरैको कारोबार भएको छ ।

प्रतिक्रिया