• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

चन्द्रागिरी हिल्सको पहिलो चरणको आईपीओ बाँडफाँड आज

काठमाण्डौ – चन्द्रागिरी हिल्सले सर्वसाधारणमा जारी गरेको शेयरको प्रि अलटमेन्ट आज हुने भएको छ ।

विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले दिएको जानकारी अनुसार बुधबार दिँउसो बाँडफाँड गरिने छ । त्यस लगत्तै नेप्सेमा जानकारी गराएपछि बाँडफाँडको लागि बाटो खुल्ने छ ।

ग्लोबल आईएमई क्यापिटलका अनुसार बिहीबार र शुक्रबार मध्ये एक दिनमा शेयर बाँडफाँड गर्न धितोपत्र बोर्डको स्वीकृति माग गरिएको छ ।

प्रि अलटमेण्टको विवरण बोर्डमा बुझाएसँगै बोर्डले निर्धारण गरेका दिन कम्पनीको शेयर बाँडफाँड गरिनेछ । १२ लाख ५२ हजारभन्दा बढी संख्यामा परेको आवेदनलाई प्रमाणीकरण गर्ने काम अन्तिम चरणमा पुगेको पनि क्यापिटलले जनाएको छ ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयर सर्वसाधारणमा बिक्री गरेको हो । जसमा ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएर बाँकी १३ लाख ९६ हजार २२ कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरेको थियो ।

प्रतिक्रिया