काठमाण्डौं – नेपाली शेयर बजारमा पछिल्लो समय रौनक लागिरहेको छ । मंगलबार दिनैभरि नेप्सेले नागबेली चाल देखायो । छोटो समयमै बढ्ने र घट्नेक्रमले खरिद विक्रीमा भने रौनक आयो ।
नेप्सेमा सामान्य करेक्सन आए पनि कारोबार रकम भने यो साताकै उच्चहुन पुगेको छ । आज नेप्से अंकले करिव ६ अंकले घटेर बजार २३ सय २७ विन्दुमा पुगेर बजार बन्द भएको छ ।
२ सय ६ कम्पनीहरुको शेयर कारोबार भएकोमा १ सय १५ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने ५५ कम्पनीको शेयर मूल्यमा भने बृद्धि भएको छ । आज नेपाली शेयर बजारमा सात अर्व माथिको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबारहुँदा आधा दर्जन हाराकारीका कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
नेप्सेका अधिकांस उपसुचकहरु घट्दा जीवन विमा र लद्युवित्त समूह भने घटेका छन । लगानीकर्ताहरु लद्युवित्त र बैकमा लगानी गर्ने उत्साहित भएको देखिएको छ ।