काठमाण्डौ ( प्रि ओपनिङ सेसनमा नेप्से करिव ३० अंकले बढेको छ । यो साता लगानीकर्ताको लागि निकै शुभ रहेको शेयर बजारले निरन्तर उच्च विन्दु कायम गर्नेक्रममा रहेको छ ।
नेप्से अहिले २३ सय ६२ विन्दुमा पुगिसकेको छ । यो सेसनमा ५२ कम्पनीको एक करोड ४३ लाख भन्दा धेरेको कारोबार भएको छ । आज यो अवधिमा नेपाल लाइफ इन्स्योरन्सको सबै भन्दा धेरै कारोबार भएको छ । ४४ कम्पनीको शेयर मूल्यमा बृद्धि हुँदा ५ कम्पनीको शेयर मूल्य भने घटेको छ ।
मंगलबार पनि नेप्सेले राम्रो सुरुवात गरेको छ । जानकारहरुका अनुसार यो साता नेप्से २५ सयको विन्दुमा पुग्न सक्ने अनुमान छ ।