काठमाण्डौ । बाटोमा हिडिरहेका पैदल यात्रीलाई बसले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ भने बाँकी तीन जना घाईते भएका छन ।
लु २ ख ४०५५ नम्वरको बसले रामग्रामका पैदल यात्रीलाई ठक्कर दिएको हो । बसले ठक्कर दिँदा रामग्राम नगरपालिका ३ परासीकी ३५ वर्षीया कमला रेग्मीको परासीस्थित जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका अन्य तीन जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।