बेलायतको नयाँ कारोना भाइरस समेत नेपाल आयो

काठमाण्डौ – चिनबाट एक बर्ष अघि सुरुभएको कोरोना महामारीको दोस्रो रुप बेलायतमा उत्पति भएको पुष्टि भयो । त्यस पछि विश्व झन त्रासमा छ । बेलायतबाट आउने र जाने सबै हवाइ सेवा बन्द गरिएको छ । बेलायतमा देखिएको नयाँ कोरोना भाइरस अहिले नेपालमा पनि आएको पुष्टि भएको छ ।

पुसमा बेलायतबाट नेपाल आएका तीन जनामा नयाँ प्रकारको कारोना भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पुसमा बेलायतबाट आएका ६ जनामा कोरोना देखिएको थियो । त्यो भाइरस नयाँ हो कि होइन भन्ने पुष्टि गर्न हङकङ प्रयोगशालामा पठाइएको थियो । त्यहाँबाट आएको नतिजाले उनीहरुमा नयाँ भाइरस देखिएको मन्त्रालयको विज्ञेप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया