काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज ३४.२९ अंकको वृद्धि भएको छ। यस वृद्धि पछि नेप्से परिसूचक १.१७ प्रतिशतले बढेर दुई हजार नौ सय ५७ दशमलव ७५ विन्दुमा पुगेको हो।
आजको कारोबारमा तीन सय ३२ कम्पनीको पाँच करोड १२ लाख ३० हजार तीन सय ४० कित्ता शेयर दुई लाख ४४ हजार १९ पटक खरिदबिक्री हुँदा कुल २३ अर्ब ४३ करोड पाँच लाख ८१ हजार एक सय ५० रुपैयाँ बराबरको कारोबार भएको छ।
समूहगत उपसूचकहरूको विश्लेषण गर्दा जीवन बीमा समूह शून्य दशमलव ०८, लघुवित्त शून्य दशमलव ७०, र म्युचुअल फन्ड शून्य दशमलव ९० प्रतिशतले घटेका छन्। तर, अरू सबै समूहको उपसूचकमा वृद्धि भएको छ। विशेषतः वित्त समूहको उपसूचक सबैभन्दा बढी सात दशमलव ६७ प्रतिशतले बढेको छ।
बैंकिङ समूह शून्य दशमलव ७२, विकास बैंक तीन दशमलव ०७, होटल तथा पर्यटन दुई दशमलव ३७, जलविद्युत् एक दशमलव ९१, लगानी दुई दशमलव ४९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६४, निर्जीवन बीमा शून्य दशमलव ७४, व्यापार शून्य दशमलव ३९, र अन्य समूह शून्य दशमलव ८३ प्रतिशतले बढेका छन्।
आजको बजारमा नौवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा एउटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ, जसको कुल कारोबार ८६ करोड ५८ लाख ५८ हजार तीन सय ७ रुपैयाँ बराबर रहेको छ।
त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै अपि पावर कम्पनी लिमिटेडको २२ लाख ३७ हजार एक सय ७२ कित्ता शेयर किनबेच भएको छ।