काठमाडौं - नेपाल आइपीओ मा आवेदनको ओइरो लाग्ने गरेको छ । लाखौं रुपैयाँ उठाउन खोजेका कम्पनीको लागि करोडौँ रुपैयाँको आवेदन पर्ने गरेको छ ।
केही दिन पहिला आइपीओ निष्कासन गरेको सीवाईसी नेपाल लघुवित्तको शेयरमा २ अर्ब ५६ करोड ८८ लाख ४५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार अन्तिम दिन मंगलबार (वैशाख ६ गते) साँझ ५ः०२ बजेसम्ममा २२ लाख ७७ हजार ७४३ जनाले २ करोड ५६ लाख ८८ हजार ४५० कित्ताका लागि आवेदन दिएका छन् । यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ६९.५२ गुणा बढी हो । यद्दपि, अन्तिम तथ्यांक आउन बाँकी भएकाले सामान्य तलमाथि हुने सक्नेछ । यो आइपीओ भर्ने आज अन्तिम दिन हो ।
कम्पनीले वैशाख २ गतेबाट कुल ३ लाख ९५ हजार ३३६ कित्ता साधारण सेयर निष्कासन खुला गरेको हो । यो मध्ये ५% अर्थात् १९ हजार ७६६ कित्ता सामुहीक लगानी कोष र ०.५% अर्थात् ६ हजार ८२ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ३ लाख ६९ हजार ४८८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्ष्वस्था थियो ।
यो आइपीओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ । रेटिङ एजेन्सी कियर नेपालले सीवाइसी नेपालको आइपीओलाई ‘कियर एनपी डबल बी माइनस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । कियर नेपालले २०७८ भदै ३१ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०७९ भदौ ३० गतेसम्म बाहल रहनेछ ।