रोहित भने नयाँ कप्तान

काठमाडौं  - रोहित पौडेल नेपाली क्रिकेट टोलीको नयाँ कप्तानमा नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रोहितलाई कप्तानमा नियुक्त गरेको हो।

नियमित कप्तान सन्दीप लामिछानेको बर्खास्तपछि रोहितले टोलीको नेतृत्व गर्ने अवसर पाएका हुन्।

यसअघि नेपाली क्रिकेट टोलीबाट दुई महिनाअघि केन्या भ्रमणमा कप्तानी गरेका थिए। केन्यासँगको तीन एकदिवसिय अभ्यास खेलमा रोहित कप्तानी गर्दै क्लिनस्विप दिलाएका थिए। 

त्यसअघि क्यानले रोहितलाई क्रिकेट विश्वकप लिग टू अन्तर्गत अमेरिका र स्कटल्याण्ड भ्रमणको लागि उपकप्तान नियुक्त गरेको थियो।

क्यानले गत मंसिरमा तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई अनुशासनको कारवाही गर्दै सन्दीप लामिछानेलाई कप्तान नियुक्त गरेको थियो। सन्दीप लामिछाने पनि नाबालिकमाथि बलात्कारको आरोप लागेपछि हाल पूर्पक्षका लागि थुनामा छन्।

रोहितले सन् २०१८ मा नेदरल्याण्ड्स विरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय