काठमाडौ – भर्खरमात्र आईपीओ निष्काशन गरेको चन्द्रागिरि हिल्सले केबलकार चड्दा २५ प्रतिशत छुटको योजना ल्याएको छ ।
यो छुट केवल आइपीओ भर्ने लगानीकर्ताहरुले मात्र पाउनेछन् । यो छुट सधैंको लागि भन्दा पनि केही समयको लागि मात्र ल्याएको हो ।
कम्पनीको सेयरमा १२ लाख ५६ हजार ७४६ जनाले आवेदन दिएका छन् । यो आवेदन संख्या अहिलेसम्मकै धेरै हो। कम्पनीले सर्वसाधारणका लागि कुल १३ लाख ९६ हजार कित्ता सेयर निश्कासन गरेको हो।
छुट सुविधा लिनका लागि आवेदकले सेयर भर्दाको कुनै न कुनै प्रमाण टिकट काउन्टरमा देखाउनुपर्नेछ। यो योजना माघ ५ गतेदेखि १ वर्षसम्म मात्रै मान्य हुनेछ।