काठमाडौ – केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तरबार्ता लिएर चर्चामा रहेको जी मिडियाले सगरमाथाको नाम फेर्ने अभियान लागेको छ ।
प्रधानमन्त्री ओलीको अन्तर्वार्ता बजाएको अर्को दिन उक्त च्यानलले सगरमाथामा भारतीयले दावा ठोक्नु पर्ने भन्दै सामग्री प्रसारण गरेको छ।
प्रधानमन्त्री ओलीको अन्तर्वार्ता लिने र सगरमाथामा दावा प्रस्तुत गर्नुपर्छ भन्ने व्यक्ति एकै हुन्- जी न्यूजका सम्पादक सुधीर चौधरी । उनी मङ्गलबार सगरमाथा बेस क्याम्पमा पुगेका थिए ।
प्रधानमन्त्री ओलीसँग अन्तर्वार्ता लिन गत आइतबार काठमाडौं आएका चौधरीले हेलिकप्टरमा सगरमाथा आधार शिविर पुगेको बताएका छन्।
‘माउन्ट एभरेस्टको नाम माउन्ट सिकदर हुनुपर्छ भन्ने अभियान हामी आजबाट सुरू गर्दैछौं। हाम्रो यो यात्रा त्यही अभियानको एउटा महत्वपूर्ण हिस्सा हो” उनले भनेका छन् ।