यात्रुले भरीएको विमान समुन्द्रमा खस्यो,जीवित हुने सम्भावना न्यून

काठमाडौ – ६२ यात्रुसहित इन्डोनेसियाको राजधानी जकार्ताबाट उडेको बोइङ ७३७ विमान सम्पर्कविहीन बनेको छ ।

चालक सहित ६२ जना सवार सो विमान दुर्घटाग्रस्त भएको आशंका गरिएको छ ।

जकार्ताबाट पश्चिमी कालिमान्टान प्रान्तस्थित पोन्टियानाकका लागि जकार्ता विमानस्थलबाट उडान भरेको चार मिनेटमा नै विमान सम्पर्कविहीन बनेको थियो । फ्ल्याइटराडार ट्वान्टीफोर डटकमका अनुसार विमानले एक मिनेटभन्दा कम समयमा ३ हजार मिटरको उचाइ गुमाएको थियो ।

प्रत्यक्षदर्शीहरुले कम्तिमा एउटा विस्फोट सुनेको र देखेको बताएका छन् । माछा मार्दै गरेका सोलिहिनले आफूले विमान दुर्घटना भएको देखेको र त्यसपश्चात जहाजको कप्तानले जमिनमा फर्कने निर्णय गरेको बताएका छन् । ‘विमान बिजुली चम्केको जस्तै गरी समुद्रमा खस्यो र पानीमा विस्फोट भयो,’ उनले भने, ‘यो हाम्रो जहाजभन्दा निकै नजिक भएको थियो, विस्फोटबाट उच्छिटिएको प्लाइले झण्डै हामीलाई लाग्यो ।’

विमान हराएको स्थानबाट नजिकका टापुका मानिसहरुले कथितरुपमा विमानको भगनावशेष फेला पारेको बताएका छन् ।

प्रतिक्रिया