काठमाडौ – राष्ट्र निर्माणको लागि महत्वपूर्ण भूमिका खेल्ने राष्ट्र नायक पृथ्वीनारायण शाहको जन्म दिनमा देशैभरी सार्वजनिक बिदा दिन माग गरिएको छ ।
हरेक पुस २७ गते पृथ्वी जयन्ती मनाउने गरिन्छ । यो दिनमा जयन्ती र एकता दिवसको रुपमा मनाउन विश्व हिन्दू महासंघले अनुरोध गरेको छ ।
महासंघले देशैभरी विभिन्न कार्यक्रम गरी जयन्ती मनाउन लागेको जनाएको छ । महासंघका महासचिव अस्मिता भण्डारीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उहाँको जन्म दिनलाई राष्ट्रिय पर्वका रुपमा हर्साेल्लासका साथ देशव्यापी रुपमा मनाउनको लागि नेपाल सरकारले राष्ट्रिय विदा घोषणा गर्नुका साथै उहाँको तस्वीर अंकित मुद्रा समेत प्रकाशित गर्न महासंघ नेपाल सरकार समक्ष माग गर्दछ ।’