काठमाडौं - पछिल्लो समय शेयर बजार निरन्तर ओरालो लागिरहेको छ । त्यसपछि च्याउसरी खुलेका संगठनले पनि बजार घटाउन भूमिका खेलेको आरोप लाग्ने गरेको छ ।
शेयर बजारमा आफ्ना धारणा राखेर चर्चामा रहेका लगानीकर्ता नवराज दाहालले अहिलेका झोले संगठनका कारण बजार घटेको आरोप लगाउनु भएको छ ।
उहाँले एउटा मात्र संगठन बनाएर लगानीकर्ताको हितमा काम गर्नुपर्ने विचार राख्नु भएको छ ।
सामाजिक सञ्जलमार्फत उहाँले लेख्नुहुन्छ "आज सबै लगानिकर्ताले राख्नुपर्ने एउटै साझा माग हो ...
अबैधानिक रुपमा अहिलेसम्म खोलेका सबै झोले संगठन खारेज गर बैधानिकता सहितको एउटै मात्र लगानिकर्ताको सङठन निर्माण गर यति गरियो भने बजारमा धेरै सुधार आउछ"