आजबाट फेरि अर्को आइपीओ खुल्यो,कति दिने आवेदन ?

काठमाडौं - नेपालमा धमाधम आइपीओ खुल्न थालेका छन् । यही माघ २१ गते जाल्पा सामुदायिक लघुवित्तको आइपीओ निष्कासन भएर २५ गते बन्द भएको छ भने अर्को कम्पनीले पनि आजबाटआइपीओ निष्कासन गर्दै छ । 

इनर्जी नेपालले माघ २६ अर्थ बुधबारबाट प्राथमिक शेयर निष्कासन खुल्ला गर्दै छ ।  

कम्पनीको आइपीओमा छिटोमा फागुन १ गते सम्म आवेदन दिन सकिने छ भने त्यो अवधिमा आवेदन पूर्ण नभए फागुन ११ गते सम्म मिति थप गरिने छ । 

कम्पनीले ५ लाख ५५ हजार ६ सय कित्ता शेयर निष्कासन गर्दै छ । जसमा ११ हजार १ सय १२ कित्ता कर्मचारीको लागि,२७ हजार सात सय ८० कित्ता म्यूचुवल फण्ड र बाकी रहेको ५ लाख १६ हजार ७०८ कित्ता सर्वसाधारणको लागि निष्कासन गर्ने छ । 

यो कम्पनीमा पनि संग भन्दा धेरै आइपीओ आवेदन पर्ने निश्चित छ त्यसैले केबल दश कित्ता मात्र आवेदन दिए पुग्ने देखिन्छ । 

 

प्रतिक्रिया