रसुवा जिल्लामा ठूलो परिमाणमा तस्करीको सुन बरामद गरिए...
काठमाण्डौ - नेपालमा फेरि कोरोना संक्रमणको मीटर माथि चडेको छ ।
पछिल्लो २४ घण्टामा ३१ सय १४ जनालाई संक्रमण पुष्टि भएको छ भने २१९७ जना निको भएका छन् । सोही अवधिमा १६ जनाको मृत्यु भएको छ ।
यस्तै आज देशभर थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा ६१५ जना छन् । काठमाडौंमा ४२१, भक्तपुरमा ८६ र ललितपुरमा १०८ जनालाई पोजेटिभ देखियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६२५ पीसीआर र ४२ सय ८५ एन्टीजेन गरि १४ हजार ९१० जनाको कोरोना परीक्षण भएको छ । अहिले सक्रिय संक्रमित २७ हजार ७५७ जना छन् जसमध्ये अहिले ६५० जना आइसियु र १६५ जना भेन्टिलेटरमा रहेका छन् ।