काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार अपराह्न प्रधानमन्त्री नियुक्त गरेका छन्। कांग्रेसका ८८ र एमालेका ७८ गरी १६६ सांसदको समर्थनसहित दाबी पेश गरेका ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त गरिएको हो।
धारा ७६(२) अनुसार राष्ट्रपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ।
नवनियुक्त प्रधानमन्त्री ओलीले सोमबार बिहान ११ बजे शीतल निवासमा आयोजित कार्यक्रमबीच पद तथा गोपनीयताको शपथ लिने छन्। यसअघि २०७२, २०७४ र २०७८ मा गरी ओली तीनपटक प्रधानमन्त्री भइसकेका थिए। यो उनको चौथो कार्यकाल हो।
असार १७ गते राति कांग्रेस र एमालेले सत्ता सहकार्य गर्ने सहमति गरेका थिए।