किन आजसम्म पनि प्रभुको शेयर मेरो शेयरमा आएन ? कहिले आउँछ ?

काठमाणडौ- प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ नेप्सेले शुक्रबार सूचिकृत गरेको छ तर शनिबारसम्म पनि शेयर मेरो शेयरमा आइसकेको छैन ।

किन आएन त ?
सूचीकृत भए पछि मेरो शेयरले डाटा दाखिला गर्नु पर्ने हुन्छ त्यसपछि मात्र सबैको खातामा शेयर जान्छ । स्रोतका अनुसार आज बेलुका देखि भोलि बिहान सम्ममा सबैको खातामा शेयर आइसक्ने छ । कतिपयको भने शेयर खातामा आइसकेको छ ।

पुस १७ गते नेपाल स्टक एक्सचेञ्ज र उक्त कम्पनीविच सूचीकरण सम्झौता भएको थियो। सोहि अनुसार नेप्सेले कम्पनीको शेयर सूचीकरण गरेको हो।

यसअनुसार सूचीकरण भएको दोस्रो दिन अर्थात आइतबारबाट कम्पनीको शेयर दोस्रो बजारमा खरिद बिक्री हुनेछ।

कम्पनीको शेयर दोस्रो बजारमा कारोबार गर्नको लागि पिएलआई ट्रेडिङ कोड पाएको छ भने पहिलो कारोबारको लागि १०९ रुपैयाँ ५६ पैसादेखि ३२८ रुपैयाँ ६८ पैसासम्मको ओपनिङ्ग रेञ्ज पाएको छ।

प्रतिक्रिया