काठमाडौ – उखु किसानको भुक्तानी नदिने मध्यका एक लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन् ।
उनलाई प्रहरीले आज पर्साबाट नियन्त्रमा लिएको हो । पक्राउ गरिएका अग्रवाललाई काठमाडौ पठाउने की के गर्ने भन्ने विषयमा छलफल भैरहेको प्रहरीले जनाएको छ ।
उनको उखु मिलले करिब ९ करोड रुपियाँ भुक्तानी दिन बाँकी रहेको छ । गतसाता कम्पनीले करिब १ करोड भने भुक्तानी गरिसकेको थियो ।
किसानलाई ठगी गरेको अभियोगमा सरकारले पक्राउ गर्न आदेश दिएका मध्ये चार मिलका मुख्य सञ्चालकहरु भने हालसम्म पक्राउ पर्न सकेका छैनन् ।