काठमाडौ – उपत्यकामा केही समय पहिला ट्रिपर आतंक थियो । अत्याधिक दुर्घटना भए पछि दिनमा ट्रिपर चलाउन अहिले प्रतिबन्ध लगाइएको छ तर दुःखद घटना भने घटिनै रहेका छन ।
यसै बीच गुर्जुधरमा टिपरको ठक्करले दुई जनाको घटनास्थलमै ज्यान गएको छ ।
बुधबार बेलुकी भएको सो घटनामा ज्यान जानेमा धादिङको गल्छी घर भइ थापथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भइ गुर्जुधारा बस्ने २५ सुभास गमाल छन् ।
राति १० बजेतिर बा ४ ख २५७७ नम्बरको टिपरले काठमाडौं आयल स्टोर नजिकै बाटो काट्दै गरेका लामा र गमाललाई ठक्कर दिएको थियो । दुवैको घटनास्थलमै मृत्यु भएको राउतले बताए ।