हकप्रद सेयर जारी गरेर पूँजी वृद्धि गर्ने तयारीमा बिमा कम्पनी


काठमाडौं–बिमा समितिले जीवन तथा निर्जीवन बिमा कम्पनीलाई पूँजी वृद्धि गर्न निर्देशन दिए पछि अब बिमा कम्पनीहरुले हकप्रद सेयर जारी गरेर धमाधम पूँजी वृद्धि गर्ने भएका छन् ।  बिमा समितिले जीवन बिमा कम्पनीहरुको पुँजी २ अर्ब बाट ५ अर्ब र निर्जीवन बिमा कम्पनीहरुको पूँजी २ अर्ब ५० करोड पु¥याउनु पर्नेे बिमा समितिले जनाएको छ । 


तोकिएको पुँजी पुर्याउनका लागि २०७९ साल चैत्र मसान्त सम्मको समयसिमा उपलव्ध गराइएको समितिका अध्यक्ष सुर्य प्रसाद सिलवाले बताउँछन् । अब बिमा कम्पनीले हकप्रद सेयर जारी गरे पूँजी वृद्धि गर्नेछन् । हकप्रद सेयर, बोनस सेयर र अन्य माध्यबाट पूँजी बृद्धि गर्न नसके मर्जरमा जानेछन् ।


 

प्रतिक्रिया