काठमाण्डौ । साताको तेस्रो दिन मंगलबार नेप्सेमा दोहोरो अङ्कले बढेको छ । यो साताको तीनै कारोबार दिन नेप्से हरियाली भएको हो ।
नेप्सेमा निरन्तर सुधार आए पनि कारोबार रकममा भने खासै वृद्धि हुन सकेको छैन । ४४ अङ्क भन्दा धेरैले बढेर समग्र बजार २३१३ विन्दुमा पुगेका छ भने एक अर्ब ३५ करोडमाथिको शेयर किनबेच भएको छ ।
४ कम्पनीहरूको शेयर मूल्यमा सर्किट लागेर कारोबार हुँदा १ सय ८१ भन्दा धेरै कम्पनीको शेयर मूल्य बढेको छ । नेप्सेका सबै सूचकहरूमा आज आक्रामक वृद्धि देखिएको छ भने उपसूचकमा बीमा समूह सबै भन्दा धेरै बढेको छ । न्यादी पावरको कम्पनीको शेयर मूल्य सबै भन्दा धेरै कारोबार हुँदा २२६ कम्पनीको शेयर खरिद बिक्री भएको छ ।
देशको अर्थतन्त्र जटिल भएसँगै २७ सयको विन्दुमा रहेको नेप्से त्यस यता निरन्तर ओरालो लागेर २२ सयको विन्दु सम्म आइपुगेको थियो । चुनाव आएसँगै अब बजारले गति लिने धेरेको विश्वास रहेको छ ।