काठमाण्डौ - पछिल्लो २४ घण्टामा १३ हजार ११७ जनाको कोरोना परीक्षण हुँदा २ हजार ६५ जनालाई संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २३ सय ३७ जना कोरोनामुक्त भएका छन् भने २५ जनाको मृत्यु भएको छ ।
स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले ३७ हजार ५९९ सक्रिय संक्रमित छन् जसमध्ये ६२२ जना आइसियु र १७१ जना भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी २४ घण्टामा देशभर १ लाख ७९ हजार ८६५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
यसैबीच आज थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा ७१५ जनालाई कोरोना पोजेटिभ देखिएको छ । काठमाडौंमा ४५४, ललिपुरमा १६९ र भक्तपुरमा ९२ जनालाई संक्रमण पुष्टि भएको हो ।
हालसम्म नेपालमा ८ लाख ३८ हजार ९४८ जनालाई संक्रमण भएको छ जसमा ७ लाख ८ हजार ३० जना निको भएका छन् भने १० हजर ६६३ जनाको मृत्यु भएको छ ।