सरकारले बल्ल सुन्यो उखु किसानका समस्या,चार बुँदे सहमतिसंगै आन्दोलन स्थगित

काठमाडौ -करिब आधा महिना भन्दा धेरै चुप बसेको सरकारले चौतर्फी आलोचनापछि उखु किसानको कुरा सुन्न बाध्य भएको छ । यसैबीच सरकार र किसानबीच आज ४ बुँदे सहमति भएको छ ।

सहमतिअनुसार उखु किसानले गरेको आन्दोलन फिर्ता गर्ने, २१ दिनभित्र बक्यौता रकम दिलाइने र उखु किसानका समस्या हल गर्न प्राविधिक समिति बनाइने उल्लेख छ । बक्यौता रकम नपाएको भन्दै लामो समयदेखि उखु किसानहरू आन्दोलित थिए ।
उखु किसानले आफ्नो उत्पादनको पैसा माग गर्दै हो अघि पनि आन्दोलन गरेका थिए ।

प्रतिक्रिया