सुनको मूल्यले नेटो काट्यो,प्रति तोला कतिमा भएको छ कारोबार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमानी कायम गरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि सुनको मुल्य प्रति तोला १ लाख ५ हजार ५ सय तोकिएको छ । यसअघि नेपाली बजारमा सुनको मुल्य यति धेरै कहिल्यै थिएन ।


मंगलबार छापावाल सुन तोलाको एक लाख तीन हजारमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य तोलाको एक लाख पाँच हजार रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य पनि तोलामा ४० रूपैयाँ बढेको छ । मंगलबार एक हजार चार सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार चार सय ५० रुपैयाँ तोकिएको छ ।


 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय