नामीवियाले नेपाललाई दियो २८६ रनको लक्ष्य

विक्रम कुमार पौड्याल/काठमाडौं - आजबाट सुरु भएको त्रिदेशीय एक दिवसीय क्रिकेट प्रतियोगितामा पाहुना टोली नामिबियाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ। 

टीयू क्रिकेट ग्राउण्डमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा १० विकट गुमाएर २८५ रन बनाएको हो। नामिबियाको लागि भान लिङेनले शतकीय इनिङ खेले, १३७ बलको सामना गरेका उनले ९ चौका र ५ छक्का सहित १३३ रन बनाए। 

त्यस्तै एरसमुसले पनि ५६ रनको अर्धशतकीय पारी खेले। नेपालको तर्फबाट कारण केसीले ५ विकट लिए। त्यस्तै सन्दिप लामिछानेले ३ तथा सोमपाल कामी र कुशल मल्लले १/१ विकट लिए। नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय