काठमाण्डौ - नेपालमा पछिल्लो समय कोरोना खोपको कार्यक्रम धमाधम अधि बढिरहेको छ । दैनिक एक लाख हाराहारीमा खोप लगाइरहेको सरकारले खोपको आयातलाई तिव्रता दिइरहेको छ ।
यसै विच सरकारले चीन सरकारसँग खरिद गरेको थप ६० लाखमध्ये आठ लाख डोज कोभिड–१९ विरुद्धको खोप नेपाल आइपुगेको छ ।
गए राति १२ बजे आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुगको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
थप आठ लाख डोज खोप आज र बाँकी ४४ लाख डोज यही अगस्टको अन्तिम साता आइपुग्ने विभागले जनाएको छ ।