तीन वर्षे बालकको ज्यान बचाउन सहयोगको अपील

पर्वत – पर्वत फलेबास नगरपालिका १ कार्किनेटाका तीन वर्ष बालक रिदम शर्मा गम्भीर रोगले थालिएपछि उपचारमा सहयोग गर्न परिवारले अपील गरेको छ ।

ब्रेन ट्युमर भएका ती बालकको अहिले पोखराको मनिपाल शिक्षण अस्पतालमा उपचार हुन नसके पछि काठमाडौ मा अहिले उपचार भइरहेको छ । यसै बीच आर्थिक अभाव भएपछि सहयोगको अपील गरिएको हो ।

उनलाई उपचार गर्नका लागि काठमाडौँको अन्नपुर्ण न्युरो अस्पतालमा अप्रेशन गरिएको छ । उपचारको क्रममा दोस्रो पटक अप्रेशन गर्नु पर्ने अस्पतालले जनाएको छ । अप्रेशन गरेको केहि दिनमै निमोनिया देखियो । रोग थपिदै जादा घरपिवार र आफन्त को सहयोगमा २०,००,००० ( बिस लाख ) को हारहारिमा खर्च भै सकेको र थप उपचारको लागि डाक्टरको सल्लाह अनुसार लगभग १५,००,००० ( पन्ध्र लाख ) आर्थिक जुटाउन पर्ने भएकाले र आफ्नो पारिबारिक अबस्था हाल निकै दयनीय भएकाले रिदम शर्माको जिवन रक्षाको उनका परिवारले अपील गरेको हो ।

हाम्रा पाठकले पनि सहयोग गर्न चाहे हाम्ले बैंक खाता विवरण तल उल्लेख गरेका छौं ।

Rudra prasad Sharma रुद्रप्रसाद शर्मा ( बिरामी को बुबा ) को मुक्तिनाथ बिकाश बैंकको खाता नं.
02121600269470000001
फोन नं. 9857630622

Sharmila sharma सर्मिला शर्मा ( बिरामी को आमा ) को नेपाल बैंकको खाता नं.
06601106750717000001
फोन नं. 9867683934

थप जानकारीका लागि सम्पर्क :
9863057250 ( रुद्र कंडेल )
9809221312 ( प्रकोप सापकोटा )
9845324221 ( रामप्रसाद पौडेल )

प्रतिक्रिया