काठमाण्डौ । सर्लाहीमा दुई सन्तानसहित एक महिला घरभित्रै मृत फेला परेकी छन । बरहथवा १ निवासी शिव हजारीकी २६ बर्ष पत्नी कविता झुण्डियको अबस्थामा फेला परेकी हुन ।
कविताका ४ बर्षीय छोरा र ६ वर्षीया छोरी आमा झुण्डिए नजिकै तल भुइँमा मृत फेला परेको प्रहरीले जनाएको छ । मृतक महिलाका श्रीमान् विगत चार बर्षदेखि वैदेशिक रोजगारमा छन् ।
मृतक तीनै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलगंवा लगिएको छ । तीनै जनाको मृत्युबारे अनुसन्धान भइरहेको प्रवक्ता बुढाथोकीले बताए ।